२१ माघ, काठमाडौँ।

कुर्सीमा बसिरहेको मान्छेलाई आसन ग्रहणका नाममा अब आइन्दा उठाउने काम नगराउन कार्यक्रम आयोजकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन ।

फाइल तस्बिर

फाइल तस्बिर

गृहमन्त्रालयले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमको कार्यसूची हेर्दै उनले भने, “हाम्रा कार्यक्रम परम्पराबाट हटेर अलि सजिलो ढङ्गबाट निर्माण हुनुपर्छ ।”

सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपतिभन्दा पहिले अरु व्यक्तिहरु पुगिसक्ने भएकाले उनको आगमनसँगै स्वागत, सम्मान र सलामी भइसकेपछि फेरि विशिष्ट व्यक्ति भन्दै सबैलाई आसन ग्रहण गराएर कार्यक्रमलाई लमितन्न र भद्दा नबनाउन उनले सल्लाह दिए ।

प्रधानमन्त्री ओलीले भने, “समारोहमा उपस्थित भएर सबैबाट पहिले नै आसन ग्रहण भइसक्ने हुँदा प्रमुख अतिथि आएर आसन ग्रहण गरेपछि फेरि आसन ग्रहण गर्नुस् भनेर बसिसकेको मान्छेलाई उठाउने अर्काे सिलसिला चलाउनु पर्दैन ।”

अन्यत्र पनि यस्तो चलन हुँदैन । प्रमुख अतिथि आइपुगेपछि सकियो । बसिरहेका मान्छेलाई उठाउँदै आसन ग्रहण गर्दै गर्दा उठाएको हो कि आसन ग्रहण गराएको हो भनेर प्रश्न गर्दै उनले भने, “आसन ग्रहण गराउने भनेको बसाउने हो, बसेको मान्छेलाई उठाएर आसन ग्रहण गर्दै हुनुहुन्छ, हेर्नुस् भन्ने पक्कै होइन होला !”

“कुनै समारोह वा कार्यक्रम गर्दा नयाँ ढङ्गबाट जाऔँ भन्ने मेरो धारणा हो,” प्रधानमन्त्री ओलीले भने, “मेरो विचारमा आसन ग्रहणको लामो र अनावश्यक सिलसिला यस्तो केही पनि पर्दैन होला ।”

प्रजातन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि, उपराष्ट्रपति नन्दबहादुर पुन अतिथि हुने गरी सैनिक मञ्चका लागि बनाएको कार्यक्रम र आसन ग्रहण सूची हेरेर प्रधानमन्त्रीले बैठकमा सुझावसहित उक्त टिप्पणी गरेका हुन ।

दर्शक र स्रोताभन्दा धरै व्यक्तिलाई मञ्चमा भेला गराउने अनि आसन ग्रहण र मन्तव्यको शृङ्खला लामो चलाएर समयको महत्वलाई कम आक्दै कार्यक्रमलाई पट्यार लाग्दो बनाउने प्रवृत्तिलाई निरुत्साहित तुल्याउन पनि उक्त सुझाव मनन योग्य हुन सक्छ ।

यो पनि पढ्नुस्।

गोल्डकप जितेपछि नेपाल फिफा -र्याकिङ उक्लियो

पार्टी अध्यक्ष र महासचिव बाहेका सबै नयाँ शक्तिमा

रणबीरकी आमालाई क्याट्रिनाकी आमाको फोन- सम्बन्ध बचाउनुस्

बीरगञ्ज नाकाबाट दोश्रो पटक मालबाहक गाडी नेपाल भित्रिए