१ फागुन, एजेन्सी।

बेलायतको अग्रणी दैनिक पत्रिका ‘द इन्डिपेन्डेन्ट’ ले आफ्नो प्रकाशन बन्द गर्ने घोषणा गरेको छ ।

छापा पत्रिकाका पाठक घट्दै गएको भन्दै दैनिकले अनलाईन संस्करणमात्र सञ्चालन गर्ने जनाएको छ । शुक्रबार छापा संस्करण बन्द गर्ने घोषणा गर्दै अर्को महिनादेखि डिजिटल संस्करणमात्र सञ्चालन हुने जनाइएको छ ।

independent

इएसआई मिडियाले सञ्चालन गर्दै आएको ‘द इन्डिपेन्डेन्ट’ र ‘इन्डिपेन्डेन्ट अन सन्डे’ पत्रिकाको संम्पादकीय कर्मचारी पनि कटौती गरिने भएको छ भने अनलाइन संस्करणका लागि केही २५ नयाँं पद सिर्जना गरिने बताइएको छ ।

इएसआई मिडियाले आफ्नो जाँस्टन प्रेस बेच्ने पुष्टि गरेको छ । कम्पनीका रुसी मूलका बेलायती नागरिक एवजेनी लेबेदेवले भने– यो फैसलाले इन्डिपेन्डेन्टको ब्राण्ड बचाउने कोसिस गरेका छौ ।’ उनले भने, ‘इन्डिपेन्डेन्ट’को अन्तिम प्रकाशन मार्च २६ मा हुनेछ र ‘इन्डिपेन्डेन्ट अन सन्डे’ को अन्तिम प्रकाशन मार्च २० हुनेछ ।’

सन १९८६ मा स्थापित ‘द इन्डिपेन्डेन्ट’ को प्रकाशनप्रति घट्दै गएर ६० हजारसम्म पुगेको थियो र यो बेलायतकै कम पढिने अखबार बनेको थियो ।

यसका साथै अब ‘द इन्डिपेन्डेन्ट’अनलाइन निकाल्ने ब्रिटेनको पहिलो अखबार हुनेछ । कम्पनीले छिट्टै आफ्नो मोबाइल एप लन्च गर्ने जनाएको छ ।

गार्डियनको वेवसाइट संस्करणमा छापिएको एक लेखमा प्रोफेसर ब्रायन कैचकार्टले अनुमान गरेका छन् कि ब्रिटेनका सबै राष्ट्रिय अखबारले अब आफ्नो प्रिन्ट संस्करण बन्दै गर्दै जानेछन् ।