१ फागुन, एजेन्सी।

भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले सन्यासको संभावनालाई इन्कार गरिदिएका छन्।

ms-dhoni

केहि समय यता धोनीले ट्वान्टी-२० क्रिकेट खेलमा सन्यास लिन सक्ने अडकल थियो।कम्तिमा आउँदो विश्वकप पछी उनले यस्तो घोषणा गर्न सक्ने अनुमान गरिँदै थियो।

श्रीलंकासंग ट्वान्टी ट्वान्टी सिरिज १-१ को बराबरीमा ल्याइपुर्याएका धोनीलाई सोधिएको थियो-के यो घरेलु मैदानमा अन्तिममा ट्वान्टी-२० खेल हुन सक्छ ? धोनीले प्रश्नको अन्तर्य बुझिहाले र जवाफ दिइहाले- तपाई किन मलाई जबरजस्ती खेलबाट बाहिर राख्न चाहनु हुन्छ ?

भारतले हाल श्रीलंकासंग ३ वटा ट्वान्टी-२० को श्रृखला खेल्दैछ। पहिलो खेलमा भारतमा ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा खेलमा फर्कदै श्रीलंकालाई ६९ रनले हराएको थियो। भारत श्रीलंकाबीचको तेस्रो खेल भोली आइतबार खेलिदैछ। खासगरि पहिलो खेलमा पुरै भारतीय टोली १०१ रनमा समेटिएपछी कप्तान महेन्द्र सिंह प्रति प्रसंसकहरुले आवाज उठाएका थिएनै क्रिकेट पण्डितहरुले पनि आलोचना गरेका छन्।

जसले बढाए नेपालको शान

क्रिकेटमा रेकर्ड: पुरै क्रिकेट टिम शुन्य रनमा आउट