प्रयास पराजुली/ टिप्पणी ।

खाना अपच भएपछि उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति नै नदिइकन सिंगापुर गएको खुलासा भएको छ । ५ दिनसम्म उपचारको लागि पत्नी आरजुसहित सिंगापुर गएका देउवाले नियतवस नै कार्यवाहक सभापति नदिएको खुलासा भएको हो ।

भारत जानु अघी विज्ञसँग राय लिन्छु, फाष्ट ट्र्याक विदेशीलाई दिने होइन- प्रचण्ड

यस अघि सभापति भएकै बेला नेताहरु बाहिर जाँदा उपभासपतिलाई कार्यवाहक दिने व्यवस्था थियो । तर, अहिले उपसभापति मनोनयन नभएका बेला बरिष्ठ सदस्यलाई कार्यवाहक दिनुपर्ने भए पनि बरिष्ठ नेता रामचन्द्र पौडेल भएपछि देउवा त्यत्तिकै गत शुक्रबार सिंगापुर गएका थिए ।

sher br Deuwa walking 343697

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेल केही दिनका लागि सिंगापुर गएपनि आवश्यक पर्दा उतैबाट काम गर्न सक्ने बताउँछन् । ‘कम्युनिकेशनको जमाना छ । सारो गारो पर्दा सिंगापुरबाटै काम चलाउनुहुन्छ ।’ पौडेल भन्छन् ।

देउवा किन गएका हुन् सिंगापुर ! कांग्रेस भित्र खैलाबैला

तर, अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे सभापतिले कार्यवाहक नदिंदा शुन्यताको अवस्था देखिएको बताउ । ‘पार्टी सभापति देशबाहिर जाँदा कार्यवाहक दिनु लोकतान्त्रिक विधि, प्रक्रिया हो’ घिमिरे भन्छन्, ‘डेमोक्रेसीले यस्तै परिकल्पना गरेको छ । नेतृत्वको शुन्यता हुनुहुँदैन, यस्तो हुनु राम्रो होइन । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिमा आइपर्ने विषयमा निर्णय लिनुपर्दा सभापतिलाई सिंगापुरमा फोन गर्नुपर्ने भयो ।’

सभापति कार्यवाहक नदिइकन देश बाहिर जाँदाको असर कांग्रेसका देखिइसकेको छ । यही भदौ २४ देखि नेपाल तरुण दलको महाधिवेशन गर्ने विषयमा निर्देशन समितिको बैठक बस्ने विषयमा विवाद देखिएको हो । सभापति देशबाहिर भएकै बेला बालकृष्ण खाँण नेतृत्वको सात सदस्ययीय निर्देशन समितिमा दुई सदस्य थपिएपछि पौडेल पक्ष आक्रोसित हुन पुगेको छ । सभापति पनि नभएको बेला कसको निर्देशनमा सदस्य थपियो भन्दै पौडेल पक्षले समितिको बैठक नै बहिष्कार गरेको हो ।

कार्यवाहक नदिंदा सभापतिले संचारको दुनियाँमा सिंगापुरबाटै काम चलाउने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलको तर्क छ । तर, अर्का नेता गुरुराज घिमिरे यसलाई विधि र विधान विपरीत मान्छन् ।

सिंगापुरबाटै काम चलाउनुहुन्छ
कृष्ण पौडेल,मुख्य सचिव कांग्रेस केन्द्रीय कार्यालय
तीन चार दिनको लागि जानुभएको हो । सम्पर्कमा रहेपछि उताबाट पनि काम गर्न सकिन्छ । उहाँ जानुभएको मलाई जानकारी छ । मलाई भन्नुभएको छ । स्वास्थ्य उपचार गर्न जानुभएको हो । १५ भदौमा फर्किनुहुन्छ । सबै नेतालाई भन्न जरुरी छैन । उपसभापति नभएपछि कसलाई दिनु कार्यवाहक सभापति ? कम्युनिकेशनको जमाना छ । सारो गारो पर्दा सिंगापुरबाटै काम चलाउनुहुन्छ ।

सभापतिलाई सिंगापुरमै फोन गर्नुपर्ने भो
गुरुराज घिमिरे
छोटो समयका लागि जानु भएको हो । सिंगापुर टाढा पनि छैन । कार्यवाहक दिएर जानुभएको भए राम्रो हुनेथियो । उपसभापति चयन नभएको अवस्थामा बरिष्ठ सदस्यलाई दिनुपथ्र्यो । पार्टी सभापति देशबाहिर जाँदा कार्यवाहक दिनु लोकतान्त्रिक विधि, प्रक्रिया हो । डेमोक्रेसीले यस्तै परिकल्पना गरेको छ । नेतृत्वको शुन्यता हुनुहुँदैन, यस्तो हुनु राम्रो होइन । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिमा आइपर्ने विषयमा निर्णय लिनुपर्दा सभापतिलाई सिंगापुरमा फोन गर्नुपर्ने भयो ।

guru ghimire

पार्टीमा कार्यवाहक सभापति नहुँदा अप्ठ्यारो पर्छ । छलफल र निर्णय गर्नका लागि कसले कसरी जिम्मेवारी लिने अन्यौलता छ । पार्टी सभापति ७० वर्षबढी भइसक्नुभयो अहिलेसम्म उहाँलाई कुनै रोग लागेको छैन । रोग लाग्नु पनि हुँदैन । ‘होल बडी चेकअप’गर्नका लागि सिंगापुर जानु भएको होला । पार्टीको महाधिवेशन, सरकार गठन, नेविंसघको महाधिवेशनले केही थकान भएको पनि हुन सक्छ । नेपालको ठूलो दलको नेताले बोल्ने बोली र व्यवहार राष्ट्रिय सरोकारको विषय हो । राजनीतिलाई बुझ्ने कुरा रहेछ । पार्टी सभापतिले स्वदेशमैं स्वास्थ्य उपचार गराउँदा राम्रो हुन्थ्यो ।

बालुवाटार पुगेर महतोले प्रचण्डलाई दिए चेतावनी

स्वदेशमा हुन नसक्ने उपचारका लागि मात्र विदेशमा जानु स्वभाविक प्रक्रिया हो । नेपालमैं राम्रो अस्पताल बनाउन उहाँले पहल गर्नुपर्छ । सभापति देउवा राज्यको ढुकुटी लिएर सिंगापुर जानुभएको होइन । व्यक्तिगत खर्चमा जानुभएको हो । स्वदेशमैं हुने उपचारका लागि विदेशमा जाने परिपाटी बन्द गर्नुपर्छ ।