एजेन्सी । बलिउडका अभिनेता–अभिनेत्रीमा आ–आफ्नै किसिमको अन्धविश्वास छ । अभिनेता ऋतिक रोशन हिजोआज आफ्नो फिल्म ‘काबिल’को प्रमोसनमा व्यस्त छन् । हालै एक अन्तरवार्ता दिने क्रममा उनी केही अन्धविश्वासी भएको बताए । दही–चिनी नखाई ऋतिक हवाइजहाज चढ्दैनन्, ता कि कुनै दुर्घाटना नहोस् । त्यस्तै, उनको बुढी औँलासँगै टासिएको सानो औँलालाई पनि लक्की मान्छन् ऋतिक ।

यस्तै, अमिताभ बच्चनलाई क्रिकेट एकदमै मनपर्ने खेल हो । तर, उनी कहिल्यै म्याच हेर्दैनन् । किनकि उनले म्याच हेरे आफ्नो टिमले हार्ने मान्यता राख्छन् साथै उनी एक निलमणीको औठी लगाउँछन्, जसलाई आफ्नो लागि लक्की मान्छन् ।

शाहरुख खानलाई नम्बरमा निकै विश्वास छ । उनी आफ्नो सबै गाडीको नम्बर ५५५ राख्छन् । उनको फिल्म ‘चेन्नाई एक्सप्रेस’मा उनले कुदाएको बाइकको नम्बर पनि ५५५ अंक नै दखियो ।

विद्या बालनलाई पाकिस्तानी ब्रान्ड हाशमी गाजललाई आफ्नो लक्कि चार्म मान्छिन् । उनी यो ब्रान्डको गाजल नलगाई कतै, कुनै काममा जादिँनन् ।

यस्तै, अर्का अभिनेता अभिषेक बच्चनलाई खेलकुदप्रति निकै लगाव छ । जब उनी क्रिकेट वा फूटबल म्याच हेर्न बस्छन्, उनी कुर्सीको मुख कतै नहल्लाई बस्छन् । यदि कुर्सी हल्लिएमा वा कुर्सीको मुख अन्तै फर्किएमा उनलाई मनपर्ने टिमले हार्नेे विश्वास छ ।

अभिनेत्री शिल्पा शेट्टीले आफ्नो टिम राजस्थान रोयल्स जब मैदानमा उत्रिन्छ, जिताउनका लागि घडी लगाएर स्टेडियम पुगेकी हुन्छिन् । जब उनी विपरित टिमले ब्याटिङ गरिरहेको हुन्छ, उनी आफ्नो खुट्टा क्रस गरेर बस्छिन् । जब उनी आफ्नो टिमले ब्याटिङ गरिरहेको हुन्छ, उनी सामान्य बस्छिन् ।

नायिका बिपाशा बासु नराम्रो नजरमा विश्वास गर्छिन् । उनी प्रत्येक शनिवार कागती र खुर्सानी किन्छिन् र त्यसलाई आफ्नो कारमा झुण्ड्उछिन् । उनले आफ्नो आमाबाट सिकेकी हुन् ।

त्यसो त अभिनेता अक्षय कुमार एकदमै प्राक्टिकल छन् । तर उनी आफ्नो फिल्मलाई लिएर थोरै अन्धविश्वासी छन् । उनको मान्यता छ, यदि उनको फिल्म रिलिज भएको समय भारतमै रहे भने फ्लप हुन्छ । त्यसैले उनी आफ्नो फिल्म रिलिज हुन एकदिन अगाडि नै विदेश पुग्छन् ।