काठमाडौँ, १३ माघ । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखी समस्याको समाधान खोजिनुपर्ने बताएका छन्। निषेधको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर द्वन्द्व समाधान गर्नेगरी समाधानको बाटो खोजिनुपर्ने खाँचो औँल्याए ।

रिपोर्टर्स क्लबको आज यहाँ आयोजित साक्षात्कारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले संसद्मा दर्ता भएको संशोधन विधेयक अपूर्ण रहेको भन्दै आवश्यक परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकाले यसमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाधक बन्न नहुने जिकिर गरे।

विश्वकै १० खतरनाक सेल्फी (फोटो फिचर)

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको र यसका लागि संविधान बाधक नभएको स्पष्ट पारे । उनले संसद्मा दर्ता भएको संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोल्ने टिप्पणी गर्दै वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी २०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे।

‘रईस’ र ‘काबिल’को पहिलो दिन, कसले गर्यो बढी व्यापार ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले संविधान संशोधनसहित मुलुकलाई निर्वाचनको दिशामा अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

उनले संविधान सबैको साझा दस्तावेज भएकाले प्रमुख दलहरुबीच परामर्श भई चाँडै निकास निस्कने दाबी गरे। नेता गजुरेलले निर्धारित समयमै तीनवटै तहको निर्वाचनका लागि दलहरु मिलेर जानुको विकल्प नरहेको बताए । रासस