Aangkaji in malasia२३ पुस,काठमाडौ। पृ्थ्वीनारायण शाहको जन्मदिन पुस २७ मा सरकारले बिदा दिने तयारी गरिरहँदा जनजाती नेता आङकाजी शेर्पाले भने पृथ्वीनारायण शाहलाई हत्यारा भनेका छ।
उनेल ब्राम्हण युवाहरुलाई आदिवासी जनजातिको पीडा महशुस गरौ भन्दै हत्यारा पृथ्वी नारायण शाहको अवतार हुन नखोज्न चेतावनी दिएका छन्।

 

उनले पृथ्वीनारायण शाहको विरुद्ध यस्तो लेखेका छन्।
(१) शासक जातिले लेखेको ईतिहांसमा उत्पीडितहरुको ईतिहांस लेखेको हुदैन यो साश्वत सत्य हो । पृथ्वी नारायण शाहले गरेको काथकथित राष्ट्रिय एकीकरणको नाममा हजारौ आदिवासी जनजातिको निर्मम् हत्या गरेको सत्य घटना नेपालको ईतिहांसमा कहिले पनि उल्लेख गरेनन् ।

(२) शासक जातिले लेखेको नेपालको झुठो ईतिहांस पढेका युवाहरुले पृथ्वी नारायण शाहलाई अमेरिकाको अव्रहाम लिंकन र भारतको महात्म गान्धी जस्तै महान नेता ठानेका छन् । तर यर्थाततामा पृथ्वी नारायण शाह अव्रहाम लिंकन र महात्म गान्धी जस्तै महान नेता नभएर आदिवासी जनजातिका हत्यार नै हुन ।

(३) पढेलेखेका, समतामुलक समाज र समावेशी प्रजातन्त्रको महत्व बुझ्नु भएका २१ औ शताव्दीका न्यायप्रेमी व्राहमण युवाहरु आदिवासी जनजातिको पीडा महशुस गर्नुस । हत्यारा राजाको आलोचना गर्दा तपाईहरु रिसाउ पर्दैन । हत्यारा पृथ्वी नारायाण शाहको अवतारी हुन नखोज्नुस ।

शेर्पा यसअघी पनि विवादास्पद कुरा बोलेर चर्चामा आएका थिए। उनले यस अघी नै बाहुन क्षेत्री जनजाती नेताको छवि बनाएका छण्।