Prachanda one२३ पुष, काठमाडौ । आउँदो शुक्रबारदेखि काठमाडौमा बस्ने भनिएको एमाओवादी केन्द्रीय समितिको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ ।

यही पुस २६ गतेका लागि बोलाइएको बैठक आउँदो माघ २ गतेसम्मकालागि स्थगित गरिएको एमाओवादीले जनाएको छ । दस्तावेज तयार नभएको र गृहकार्य समेत बाँकी रहेकाले बैठक ६ दिन पछीलाई सारिएको बताइएको छ । २६ गते केन्द्रीय सल्लाहकार समितिको र त्यसअघि पूर्व पोलिटव्युरोको बैठक बस्ने एमाओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण गर्न लागेको प्रतिवेदन पूरा नभएको र अन्य गृहकार्य समेत पूरा गर्न नसकिएको भन्दै बैठक स्थगित गरिएको छ । समानुपातिक सभासद चयनको विषयलाई लिएर एकीकृत माओवादीभित्र विवाद बढेको छ । आफ्ना पक्षका कम सभासद परेपछि नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले उक्त चयनप्रति विरोध जनाइरहेका छन् भने अध्यक्षले ल्याउने प्रतिवेदन चित्त नबुझे छुट्टै प्रतिवेदन ल्याउने तयारीमा समेत रहेका छन् ।