sushil koirala big२६ माघ,काठमाडौ। कांग्रेस एमालेले बहुमतिय सरकार बनाउन सहतमा भएका छन्। एमाले स्थायी समितिको बैठकले कांग्रेससंग मिलेर सरकार बनाउन तयार भएको छ।

एमाले र कांग्रेसबीच संविधान जारी पछी राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा चुनाव गर्ने सहमति भएको बुझिएको छ।

स्थायी समितिको बैठक पछी खनाले एमालेले प्रधानमन्त्रीका कांग्रेसलाई समर्थन गर्ने बताए ।

 एमालेको यो निर्णयसंगै कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको छ। 

 

प्याकेजमा सहमति  हुने लागेको नेताहरुले बताएका छन्। बताइए अनुसार प्याकेजमा संविधान निर्माणपछि राष्ट्रपति, उपराष्ट्रपति,देखी प्रधानमन्त्री र सभामुखको पनि निर्वाचन हुने कुरा छ। 

हाल सहमतिको ड्राफ्ट लेख्ने क्रम जारी रहेको  छ ।

एमालेबाट वामदेव सरकारमा जाने

एमाले स्थायी समितिको बैठकले वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ। 

 

बताइए अनुसार नेता वामदेव गौतम गृह सहित उपप्रधानमन्त्री हुनेछन्। अर्को महत्वपुर्ण मन्त्रालय अर्थ भने कांग्रेसले नै राख्ने छ।