snowfall in japan२६ माघ, एजेन्सी । जापानको राजधानी टोकियो तथा आसपासका क्षेत्रमा भएको भारी हिमपातका कारण कम्तिमा ७ जनाको ज्यान गएको छ भने १ हजार भन्दा बढी मानिस घाइते भएका छन् ।

 

शनिबार भएको भारी हिमपात गत ४५ वर्षकै सबैभन्दा ठुलो भएको समाचारहरुमा जनाइएको छ । शनिबार परेको हिमपात करिब २७ सेन्टिमिटर बाक्लो भएको समाचारहरूमा उल्लेख गरिएको छ । यस्तै, जापानको उत्तरपूर्वी शहर सेन्दाईमा करिब ३५ सेन्टिमिटर बाक्लो हिमपात परेको बताइएको छ । यो हिमपात पछिल्लो ७८ वर्ष यताकै सबैभन्दा बाक्लो हिमपात हो ।

 

यात्राका क्रममा भएको दुर्घटनामा परी धेरैको मृत्यु भएको तथा घाइते भएको बताइएको छ । हिमपातका कारण सडकमा गुडिरहेका सवारी साधनहरूसमेत चिप्लिएर कयौ दुर्घटना भएको छ । एक ५० वर्षीय बृद्धको मृत्यु कार चिप्लिएर एक विज्ञापनको पोलमा ठोक्किँदा भएको बताइएको छ ।

 

हिमपातका कारण २० हजार भन्दा बढि घरपरिवार बिजुलीबत्ति बिहिन अवस्थामा छन् भने करिब ३ सय भन्दा बढी उडानहरू रद्ध गरिएको छ । यस्तै, करिब ७ सय ४० विमानलाई आपतकालिन अवतरण गराइएको थियो ।