sushil koirala sherbahadur and ramchandra paudel२ फागुन,काठमाडौ। गृहमन्त्रालय एमालेलाई दिने नदिनेमा कांग्रेसका नेतापिच्छे फरक फरक अडान छन्। निर्वाचित महामन्त्री प्रकाशमान सिंह र मनोनित महामन्त्री कृष्णप्रसाद सिटौला यही विषयलाई लिएर टकराब समेत उत्पन्न भएको छ। पार्टीमा सवै भुमिका नपाएको गुनासो गर्दै आएका महामन्त्री सिंहलाई यसपटक उपप्रधानमन्त्री सहित गृह मन्त्री बनाउन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला तयार छन्। तर, उनलाई रोक्न अर्का महामन्त्री सिटौला सक्रिय भएको स्रोतको दाबी छ ।

 

कोइरालाको निकट भएपनि केन्द्रिय सदस्य मिनेन्द्र रिजाल समेत सिंहलाई गृह दिन नहुने पक्षमा रहेको स्रोत बताउँछ। कांग्रेसलाई गृह मन्त्रालय एमालेलाई नै दिनु पर्ने पक्षमा थोरै नेताहरु रहेको एक केन्द्रिय सदस्यले बताए। ‘गृह एमालेलाई दिनु हुदै भन्ने पार्टीमा बढि छन्’, ती नेताले भने, ‘एमालेमा जस्तै हाम्रो पार्टीमा पनि गुटका केही व्यक्तिले खेल्न खोज्दा समस्या भएको छ।’

गृहका बारेमा कांग्रेसका विभिन्न नेताको धारणा.

सुशील कोइरालाः
एमालेलाई नदिएरै टार्ने मनस्थितिमा, तर आफ्नो अडान अस्पष्ट

शेरबहादुर देउवा
एमालेलाई सकेसम्म दिन नहुने पक्षमा, तर खासै वास्ता छैन्।

रामचन्द्र पौडेल
कुनै हालतमा पनि नछाड्ने पक्षमा, प्रधानमन्त्री कमजोर हुन्छन् भन्ने तर्क

प्रकाशमान सिंह
आफै गृहमन्त्री बन्ने प्रयासमा, एमालेलाई नदिने अडानमा

कृष्णप्रसाद सिटौला
गृह दिएरनै सहमति गर्ने प्रयासमा, प्रकाशमानलाइ नदिने

सुजाता कोइराला
गृह दिएर एमालेला सरकारमा ल्याइ आफू परराष्ट्रमन्त्री हुने

मिनेन्द्र रिजाल
बरु गृह एमालेलाई छाड्ने प्रकाशमानलाई दिनै नहुने

दिलेन्द्र बढु
गृहपछिको महत्वपुर्ण मन्त्रालय दिएर सहमति गर्ने कोसिसमा

नयाँ पत्रिकाबाट