२ फागुन,काठमाडौ। गृह मन्त्रालयको विषयमा कांग्रेस र एमालेबीच जारी विवादमा नयाँ कुरा बाहिर आएको छ। स्रोतका अनुसार कांग्रेसका नेताद्धय कृष्णप्रसाद सिटौला र अमरेश कुमार सिंहले एमालेलाई गृह मन्त्रालय दिन सहमति जनाएका थिए। तर सुशील कोइरालाले एमालेसंग वार्ता गर्ने भने रामशरण महत र दीपकुमार उपाध्यायलाई खटाएका थिए।

krishna sitaula and amresh kumar singh

वार्ता टोली भन्दा बाहिरका नेताले दिएको आश्वासनमा ढुक्क भएकाले एमाले गृहमा फसेको बताइएको छ। होटेल र्याडिसनमा कांग्रेस र एमालेका वार्ता टोलीबीच
छलफल सकिएपछि सिटौला र सिंहले एमालेलाई गृह दिने बताएको स्रोतले जनाएको छ। दुइ नेताले एमालेलाई ढुक्क पार्दै सुशील कोइरालालाई मनाउने बताएका थिए। तर उनीहरुले सभापति कोइरालालाई यस विषयमा मनाउन भने सकेनन् ।

 

सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए लगतै एमालेले गृह मन्त्रालय आफूलाई दिने सहमति भएको बताएपछि वार्ता टोलीका महत र उपाध्यक्ष समेत छक्क परेका थिए । उनीहरुले गृह मन्त्रालय एमालेलाई दिने बारेम सहमति गरेका थिएनन्।

 

सिटौला र सिंहको भर पर्दा गृहमा धोकाभएपछी एमालेले र कांग्रेसको दुरी बढेको छ। हाल सिटौलाले कांग्रेसभित्र गृह एमालेलाई दिन लबिङ गरिरहे पनि प्रधानमन्त्री कोइाला गृह एमालेलाई छोड्न तयार छैनन्।