४ फागुन । अन्तरिक्ष विज्ञहरुले एक दुर्घटनाग्रस्त रूसी उपग्रह पृथ्वीमा आउने चेतावनी दिएकाछन् । कसमस-१२२० नामक उत्त उपग्रहका टुक्राहरू पृथ्वीको वायुमण्डलमा अत्याधिक गतिमा प्रवेस गर्ने रुसि विज्ञहरुले बताएका छन् । अधिकांस टुक्राहरू कुन क्षत्रमा झर्छ भन्ने कुरा अझैसम्म अज्ञात रहेको बताइन्छ ।

satellite
फेब्रुअरी ७, २०१४ मा कुनै टुक्राहरू फेब्रुअरी १६ मा झर्ने अपेक्षा गरिएको थियो । केहि टुक्राहरू प्रशान्त महासागरमा खस्ने विश्वास गरिएको भएपनि अझैसम्म पुष्टि भने हुनसकेको छैन । उक्त उपग्रहको टुक्राहरू पृथ्वीको कुन भुभागमा कहिले खस्छ भन्ने कुरा बाह्य तत्वहरुले परिवर्तन हुने हुनाले कहा खस्छ भन्ने कुरामा अनिश्चितता रहेको छ ।

 

यस्तै अनियन्त्रित घटनाहरुमा -नोभेम्बर २०१३ मा युरोपेली अन्तरिक्ष एजेन्सी GOES को उपग्रह समुन्द्रमा झारिएको थियो । तर १९७८ मा , अर्को एउटा कसमस उपग्रह क्यानाडाको बसोबास विहिन क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । जसले रेडियोधर्मी वस्तुहरु जताततै फैलाएको थियो ।