टाइम सेलेबेक्स सर्वेमा बलिउडका मिस्टर परफेक्शनिष्ट मानिने आमिर खान र बार्बी गर्ल कैटरीना कैफ पहिलो भएका छन् । टाइम सेलेबेक्स सर्वेमा आमिरले सलमान खान, शाहरुख खान, अमिताभ बच्चन र साहिद कपूरलाई कडा टक्कर दिएर पहिलो हुन सफल भएका हुन ।

 

पछिल्लो चलचित्र धुम-३ कारण अमिर खानलाई फाइदा भएको निष्कर्ष निकालिएको छ।

डिसेम्बर महिनामा गरेको सर्वे अनुसार आमिरको ५८.५ अंक थियो भने सलमान को ४२ अंक ,शाहरुखको ३७ अंक ,अमिताभको ३१ अंक र शाहिदको ३० अंक थियो । त्यसैगरी नायीका तर्फ क्याटरीना कैफ ५९ अंकका साथ पहिलो स्थानमा छिन भने ३९ अंकका साथ दीपिका दोस्रो हिट नायीका भएकी छिन् । यसैगरि ३६ अंकको साथ सोनाक्षी सिन्हा तेस्रो र ३५.५ अंक हासिल गरेर करिना कपुर चौथो स्थानमा छिन्।

amir-katrina

यो सर्वे बलिउडका सेलेब्रेटीहरुले खेलेको फिल्म,त्यहि सिलसिलामा उनीहरुले पाएको चर्चा ,फिल्मको नतिजा अनि उनीहरुले अभिनय गरेको बिज्ञापन र मिडियामा भएको चर्चाको, सोसिएल मिडियामा उपस्थिति आधारमा गरिएको हो ।