कुनै जमाना थियो नेपाली फिल्ममा भिलेनले हिरोइनलाई बलात्कार गर्ने प्रयत्न गुर्नु र गर्नुु अगावै हिरोले आएर बचाउने सिन अनिवार्य जस्तै मानिन्थ्यो ।

भिलेनले बलात्कार गर्ने गरेको प्रयासलाई सकेसम्म उत्तेजक बनाउने प्रयत्न गरिन्थ्यो र हिरोइनहरु यसैलाई कथाले मागेको भनेरआफ्नो जोगाऊ गर्ने प्रयत्न गर्थे । तर ‘चपली हाइट’पछि नेपाली फिल्म नग्नता पस्कने बाढी नै आयो ।

 

हिजोका दिनमा निर्माता निर्देशकको करकापमा परेर मुश्किलले बलात्कार सिन दिन राजी हुने नायिकाहरु निर्माता ,निर्देशक मात्र होइन कथाले मागेभन्दा बढी दिन थाले ।

यस्ता सबै खाले प्रवृत्तिको मानक बन्यो फिल्म ‘एटिएम’ । ‘एटिएम’मा अभिनय गर्ने जिया केसी, सबिना कार्की र सोनिया शर्माले गरेको अंग प्रदर्शनले नेपाली फिल्ममा अश्लिलताको बाढी नै ल्यायो ।

atm scene

तर फिल्म उद्योगमा नग्नताका भरमा टिक्न खोजेका नायिकाहरु कालान्तरमा उद्योगबाटै पाखा लाग्ने क्रममा छन् । जिया केसीलाई एक नायकसंग जोडेर चर्चा गरिन्छ भने ‘रङ वे फिल्म रिलिज कुरेर बसिरहेकी छिन् । ‘रङ वे’पछि उनलाई कुनैपनि निर्माता निर्देशकले पत्याएका छैनन् ।

‘करामत’, ‘ढुंगेयुग’ पछि ‘एटिएम’ खेलेकी सोनिया शर्माको हालतपनि जियाको जस्तै भएको छ । ‘एटिएम’मा नग्नताको पराकाष्ठा देखाएपछि निर्माता निर्देशकले उनकालागि पनि आफ्नो फिल्मको ढोका सदाकालागि बन्द गरिदिएका छन् ।

 

सबिना कार्की भने सि ग्रेडका फिल्म फाट्टफुट्ट खेलिरहेकी छिन् तर त्यस्ता फिल्म कतिबेला आउँछन् जान्छन् कसैलाई पनि थाहा हुन्न ।

नग्नताको भरमा स्थापित हुने अभिलाषा लिएका तीनै अभिनेत्रीको अवस्थाले एउटा नेपाली उखान सम्झाउँछ , ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ ।