cheater-wife१० फागुन, एजेन्सी । १३ वर्षीय श्रीमती आफ्नै श्रीमानको भतिजासँगको अफेयरका क्रममा समातिएकी छिन् । ती १३ वर्षीया श्रीमतीलाई यस्तो अन्दाज पनि थिएन की उनी यसरी समातिन्छिन् ।

 

जिम्बाब्बेका एक श्रीमानले आफ्नी १३ वर्षीया पत्नीलाई आफ्नै भतिजाको साथमा अफेयरका क्रममा समातेका छन् । घरमा काम गर्ने क्रममा श्रीमानले प्रयोग गरिएको एक कण्डम देखेपछि उनले श्रीमतीलाई सोध्दा उनले आफूले भतिजासँग सम्बन्ध राखेको स्विकार गरेकी थिइन् ।

 

ती १३ वर्षीया श्रीमतीका श्रीमान् चर्चको कामका लागि चर्च गएका थिए । जब चर्चको काम सकेर घर फर्के तब उनले घरको काम गर्ने क्रममा प्रयोग गरिएको कण्डम देखे । प्रयोग गरेको कण्डम आफ्नै घरमा भेटिएपछि उनले आफ्नी श्रीमतीलाई यसबारे सोध्दा ती किशोरी पत्नीले पनि केही संकोच नमानी आफूले भजितासँग सम्बन्ध राखेको बताइदिइन् ।

 

यति भएपछि ती श्रीमानले श्रीमतीलाई माफी माग्न लगाए र अहिले पनि सँगै बस्दै आएका छन् ।