११ फागुन,काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले सबै मन्त्रालय कब्जा गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री शुशील कोइरालाले मन्त्रालय बाँडफाँडका लागि भन्दै वार्तामा बोलाएर काँग्रेसलाई १२ र एमालेलाई १० मन्त्रालयको प्रस्ताव राखेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

 

आइतबार रौतहट टाइम्सको सोह्रौ वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्रालय बाँडफाँडका सम्बन्धमा काँग्रेसले एमालेको प्रतिष्ठामा धक्का दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री शुशील कोइरालाले एमालेलाई मन्त्रालय बाँडफाँडका लागि वार्तामा बोलाएर दुई दलका बिचमा १३-१३ मन्त्रालय भाग लगाउने बताए पनि वार्ताका क्रममा काँग्रेसलाई १२ र एमालेलाई १० मन्त्रालयको प्रस्ताव ल्याएकोप्रति उनले रोश प्रकट गरे ।

madhav nepal
एमालेलाई सरकार भन्दा पनि संविधान निर्माणको जिम्मेवारीलाई बढी प्राथमिकतामा राख्ने भनाइ उनले दोहोर्याएका छन् । संविधानसभामा विगतका सहमतिलाई स्वामित्व ग्रहण गर्न सबै सकारात्मक हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफुहरुले जिम्मेवारी पुरा गरेको भन्दै संविधान निर्माणको जिम्मेवारी कुनै पनि हालतमा पुरा गर्न दल तथा नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

 

कार्यक्रममा सञ्चार क्षेत्रको समग्र विकासमा योगदान पु-याएको भन्दै पुर्व अर्थ मन्त्री कोइरालालाई सम्मान गरिएको थियो । त्यसै गरि सञ्चार क्षेत्रमा प्रविधिको प्रयोगलाई सहज बनाएको भन्दै दिलिप अग्रवाल तथा समाज सेवामा सक्रिय रहेको भन्दै नवराज श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।