११ फागुन, खोटाङ  ।  बाघको आक्रमणबाट खोटाङमा एकै रात ११ वटा घरपालुवा पशु तथा चौपाय मारिएका छन् । जंगलबाट आएको बाघको आक्रमणबाट शनिबार राती जिल्लाको उत्तरी गाविस ज्यामिरेमा ९ वटा बाख्रा, एउटा सुँगुर र एउटा गाइको बाछी मारिएका हुन् ।

 

ज्यामिरे–६ का लालबहादुर राईको ४ वटा बाख्रा र एउटा सुँगुरको पाठो, दिलबहादुर राईको एउटा बाख्रा र एउटा बाछी, श्यामकुमार मगरको २ वटा बाख्रा, लक्ष्मण मगर र जीवन राईको एक÷एक वटा बाख्रा बाघले मारेको प्रहरीले जनाएको छ ।tiger

 बाघको आक्रमणबाट किसानको करिब ४२ हजार ५ सय बराबरको पशु तथा चौपाय मारिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक रमेश बस्नेतले बताए  ।
 
बाघले घरमै आएर चौपायमाथि आक्रमण गरेपछि गाउँमा त्रास फैएिको छ । एक्कासी गाउँमा बाघ पसेर पशुचौपाया मार्न थालेपछि कृषकमा त्रास फैलिएको हो ।