३ चैत, मङ्गलबारे (इलाम) । इलामको पूर्वी जिर्मले–३ स्थित मेची खोला किनारामा एक महिलाको शव फेला परेको छ । अन्दाजी ४० वर्षको जस्तो देखिने ती महिलाको शव स्थानीयले आज बिहान घाँस काट्न जाने क्रममा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

 

ती महिलाको नाम, थर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । शवको मुचुल्का गरी परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिर्मले प्रहरी चौकीले जनाएको छ । रासस