३ चैत, पोखरा  । कास्कीबाट यस वर्षको एसएलसी परीक्षामा रजिस्ट्रेसन  फारम भरेकामध्ये विभिन्न कारणले ७७ जना विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएका छन् ।

 

हाजिर नपुगेका, विद्यालय छोडेर अन्यत्र गएका र जन्म मिति नपुगेका यस्ता विद्यार्थी ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयका भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एसएलसी परीक्षामा सम्मिलित १५४ सार्वजनिक र १०७ संस्थागत विद्यालयमध्ये अभैm २१ विद्यालयको यकिन तथ्याङ्क आउन बाँकी रहेकाले अयोग्य विद्यार्थीको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको बताइएको छ ।

 

    यस जिल्लाबाट परीक्षामा नियमित र एक्जाम्टेडका गरी १० हजार ७४३ जना छात्रछात्रा सम्मिलित हुने भएका छन् । जसमा नियमिततर्पm नौ हजार ६३९ र एक्जाम्टेडतर्पm एक हजार १०४  विद्यार्थीले परीक्षा दिने कार्यालयले जनाएको छ । परीक्षाको लागि २९ वटा परीक्षा केन्द्र कायम गरिएको छ । रासस