३ चैत,काठमाडौ।हङकङलाई असी रनले हराउदै नेपालले टी टवान्टी विश्वकपमा विजयी शुरुवात गरेकोमा प्रधानमन्त्री सुशील कोइरालाले खुसी ब्यक्त गर्दै बधाइ दिएका छन् ।

 

नेपालको विजयी शुरुवातको खबरले आफू अत्यन्तै हर्षति भएको प्रधानमन्त्री कोइरालाले उल्लेख गरेका छन । हङकङलाई पराजित गरी राष्ट्रिय गौरव अभिबृद्धि गरेकामा प्रधानमन्त्री कोइरालाले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन ।

SUSHIL-KOIRALA

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो पटक सहभागी भएको नेपाली टिमको विजयी शुरुआत प्रशंसायोग्य भएको प्रधानमन्त्रीको भनाइ छ । नेपाली क्रिकेट टिमले छोटो समयमा प्राप्त गरेको सफलताको सरकारले कदर गर्ने भन्दै उहाँले यस सफलताले आउँदा प्रतियोगितामा पनि अझ उच्चस्तरको प्रदर्शन हुने अपेक्षा प्रधानमन्त्री कोइरालाको छ ।

 

जीतले विश्वकप चुम्ने नेपाली सपना साकार पार्न सबै खेलाडी र प्रशिक्षकलाई थप हौसला र प्रेरणा मिलेको अनुभूति आफुलाई भएको उनको भनाइ छ ।

 

यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, युवा नेता गगन थापा, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, नीलाम्बर आचार्यलगायत समाजका हरेक क्षेत्रका व्यक्तित्वहरुले पनि नेपालको जीतमा खुशी व्यक्त गर्दै नेपाली टोलीलाई बधाई दिएका दिएका छन् ।