६ चैत,काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले हचुवाको भरमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको भन्दै यो समस्याको दीर्घकालीन समाधान नभएसम्म विरोध जारी राख्ने बताएका छन् ।

 

मूल्यवृद्धिको विरोध गरिहेका १६ विधार्थी संगठनसँगको भेटमा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य डलरको मूल्य घटबढ हुदाँ यसको पनि मूल्य पनि घटबढ बताए ।

kamal thapa one
तर दुवैको मूल्य स्थिर रहेको अवस्थामा सरकारले मूल्य बढाउनु शोभनीय नभएको उनको भनाइ छ । अध्यक्ष थापाले पेट्रोलियम पदार्थको मूल्य हचुवाको भरमा बढाउने अनि विरोध भएपछि घटाउने गर्नुभन्दा दीर्घकालिन निकासको बाटो खोज्नुपर्ने बताए ।

 

सरकारले हिजोसम्मको अवस्थामा लचकता अपनाउन खोजेको बताउँदै उनले आज भने त्यसबारे सरकारले कुनै निर्णय नगरेको बताए । निगममा अहिले हुने गरेको चुहावट रोक्न पनि सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ छ