१४ चैत, काठमाडौ । संविधानसभाले अघिल्लो संविधासभाले गरेको कामहरुको स्वामित्व लिने प्रक्रिर्या सुरु गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज विहान बसेको बैठकमा संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले विगत संविधासभाले गरेको निर्णयको दस्ताबेज बैठकमा पेश गर्नुभएको छ ।

 

संविधानसभाले पुराना दस्तावेजलाइ संविधान अभिलेख अध्ययन तथा निक्यौल समितिमा पठाएको छ । दस्ताबेजको रुपमा विगत संविधानसभाले तयार गरेका बिषयगत समितिका प्रतिवेदन र प्रतिवेदन अध्ययन समितिका प्रतिवेदन एकमुष्ट पेश गरिएको थियो ।

CA Nepal

सचिवालयले नयाँ सभासदलाइ पुरानो संविधानसभाले तयार गरेको प्रतिवेदन वितरण गरेको छ । बिषयगत समितिका पुराना प्रतिवेदन पेश गरेसंगै संविधानसभाले पुरानो संविधानसभाको स्वामित्व ग्रहणको प्रक्रिर्या सुरु भएको छ । अभिलेख अध्ययन तथा निक्यौल समितिले अध्ययन गरेर प्रतिवेदन राजनीतिक संवाद समितिमा पठाउने छ ।

पुरानो संविधानसभाको स्वामित्व लिनेकुराको बिरोधगर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधानसभाको बैठकमा उपस्थित थिएनन् । राप्रपा नेपालका अन्य सभासद पनि स्वामित्व लिने प्रक्रिर्यामा मौन बसेका थिए ।