१४ चैत, काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संविधान सभा बाहिर गएर तथाकथित उच्च स्तरीय राजनीतिक संयन्त्रको नाउमा गैर संवैधानिक शक्ति केन्द्र र राजनीतिक सेन्डिकेट खडा गरेको आरोप लगाएका छन् ।

 

प्रमुख तीन दलले गठन गर्न लागेको संयन्त्रका कारण दश महिना भित्रमा संविधान निर्माण नहुने थापाले दावी गरे ।
रिपोर्टस क्लब नेपाल, जनकपुरले आज आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै थापाले संविधान सभा बाहिरका शक्तिलाई विश्वासमा लिएर संविधान बनाउन समयमा प्रमुख तीन दलले संयन्त्र मार्फत सेन्डिकेट राजनीतिक गर्न खोजेको टिप्पणी गरे ।

kamal thapa

संयन्त्रले संविधान निर्माणमा बाधा पुर्याउंछ । नेपाली जनतालाई अबको दश मिहना भित्र संविधान दिन सकिएन भने यसको प्रमुख दोषि सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेले लिनु पर्छ । तीन दलिय सेन्डिकेट खारेज नगरिए मुलुकमा नयां चरणको द्धन्द उत्पन्न हुने बताउंदै थापाले भने वर्तमान सरकारलाई विस्थापित गर्न संयन्त्र गठन गरिएको छ । जसको कारणले  संविधान निर्माणमा समेत असर पुर्याउंछ ।

 

सरकारले सर्वदलिय बैठक डांकेर स्थानीय निकायको निर्वाचनको मिति निर्धारण गर्न सकेको छैन्, उनले भने( चुनावलाई अनिश्चित बनाउने खेल भईरहेको छ । जेठ महिना भित्र चुनाव हुनु पर्छ । जातिय आधारको संघियता कुनै हालतमा स्विकार्य नहुने थापाले बताए । उनले राजा र माओवादी एउटै छानामुनि अटाउने किसिमको संविधान बनाउनु पर्नेमा
जोड दिए ।