प्रतिक्षा काफ्ले
१४ चैत, स्याङ्जा । स्याङ्जाको चित्रेभञ्याङ गाविस ८, पिपलडाँडा बस्ने ४१ वर्षिया खुमाया रानाको गत फागुन ३० गते संस्कापद रुपमा दाहासंस्कार गरिएको थियो । खुमाया रानाको मृत्यु र दाहसंस्कार संकास्पद देखिपछि प्रहरीले मृतकको श्रीमान सहित दाहसंस्कारमा संग्लन १२ जना मलामीलाई बिहिबार पक्राउ गरेको छ ।

 

गाउँहरुले करिब ४५ मिनेटको दुरिमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई कुनै जानकारी नदिई दाहसंस्कार गरेको जानकारी भएपछि मृतकको मलामी गएका ४८ जना मध्ये मृतकको श्रीमान् सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । खुमाया रानाको मृत्यु र दाहासंस्कार अत्यन्तै संस्कास्पद देखिएकोले आवश्यक छानविनको लागी मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक हरिबहादुर बडुवालले बताए ।

 

मृत्यु र दाहासंस्कारको प्रकृती संकास्पद देखिपछि आवश्यक अनुसन्धानको निमित्त मलामीलाई पक्राउ गरिएको बडुवालको भनाई छ । पक्राउ पर्नेमा मृतकका श्रीमान् घमानसिङ राना सहित चित्रेभञ्याङ गाविस ८ का बालकृष्ण राना, पृथबहादुर राना, कृष्ण बहादुर थापा, श्रीकृष्णबहादुर थापा, दिलमाया राना, खिमसरा राना, यमबहादुर थापा, गिरमाया राना, लक्ष्मी राना, चन्द्रकुमारी राना र मनीषा राना रहेका छन् । प्रारम्भिक चरणमा श्रीमान् लगायत १२ जना मलामीलाई पक्राउ गरिएको भए पनि अनुसन्धानले आवश्यक ठाने सबैलाई पक्राउ गरिने प्रहरी निरिक्षक हरिबहादुर बडुवाल बताउछन ।

 

खुमाया रानाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेपछि दाहसंस्कार गरिएको गाउँलेहरुको भनाई छ । तर, झुण्डिमरेको सम्बन्धमा मात्रै पनि प्रहरीमा जानकारी गराइएको छैन् । प्रहरी निरिक्षक हरिबहादुर बडुवालका अनुसार मृतक आफैँ झुण्डि मरेको भएका झुण्डी मरि लास जलाई छिपाई अन्तर्गत संलग्न सबैलाई कारबाही हुने र मारि जलाइएको पुष्टि भए संलग्न सबैलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही कानुनी प्रावधान रहेको छ । मृत्यु र दाहासंस्कारको सम्बन्धमा आवश्यक छानविन गर्न प्रहरीले कुनै कसुर बाँकी नराख्ने बडुवालले जनाएका छन् ।