१४ चैत, एजेन्सी । उत्तर प्रदेशको मिर्जापुर विंध्याचलमा दर्शनका लागि आएकी एक महिला पत्रकारको तीन व्यक्तिले बलात्कार गरेका छन् ।

 

ती महिला पत्रकार आफ्नी बहिनीसँग गत २४ मार्चमा विंध्याचल दर्शन गर्न र आफ्नो पत्रिकाको लागी रपोर्टिङ्ग गर्न आएकी थिइन् । महिला पत्रकार विंध्याचलमा होटेलमा बसेकी थिइन् । बिहिबार साँझ पाँच बहे जब उनी एक्लै होटेलबाट अष्टभुजा मन्दिर दर्शन गर्न निस्किइन्, तब बाटोमा स्कार्पियोमा सवार तीन जनाले उनलाई जबरजस्ति गाडीमा तानेर हाले र गाडीमा नै उनको बलात्कार गरे ।

 

उनी ती व्यक्तिहरूको चंगुलबाट फुत्किएर विंध्याचल थानामा पुगिन् र आफूमाथीको बलात्कारको घटनाबारे प्रहरीलाई जानकारी दिइन् । प्रहरीले उनको बलात्कारको मुद्धा दर्ता गरेर मेडिकलका लागि पठाएका छन् । आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले तीन समूहमा प्रहरीलाई खटाएको छ ।