Ramsharan mahat२५ चैत, काठमाडौं । अर्थ मन्त्रि डा. रामशरण महतले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउन सरकार र नीजिक्षेत्र मिलेर जानु पर्ने बताएका छन् । आज राजधानीमा नेपाल उद्योग वाणीज्य…

२५ चैत, काठमाडौं । अर्थ मन्त्रि डा. रामशरण महतले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउन सरकार र नीजिक्षेत्र मिलेर जानु पर्ने बताएका छन् । आज राजधानीमा नेपाल उद्योग वाणीज्य महासंघको नवनिर्मित अडिटोरीयम उद्घाटन कार्यक्रममा अर्थमन्त्रि महतले लक्षित आर्थिक वृद्धिदर हासिल गर्नुसमेत चुनौतिपूर्ण रहेको भन्दै यसका लागि लगानी अभिवृद्धि गर्न सरकार र निजीक्षेत्रवीच सहकार्य हुनुपर्ने बताएका हुन् ।

 

Ramsharan mahatसरकारले नितिगत अवरोध हटाउँदै आवश्यक निति निर्माण र पूर्वाधार निमार्ण गर्न आवश्यक गृहकार्य गरीरहेको समेत उनले दावी गरे । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष एवम् भावी अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णीकारले संबिधानसभाको निर्वाचनअघि व्यक्त चुनावी घोषणापत्रमा समेटिएका आर्थिक विकासका एजेण्डा कार्यान्वयनमा सरकार र राजनीतिक दलहरु लाग्नुपर्ने बताए ।

 

उनले राजनैतिक र आर्थिक अन्यौलताका कारण उद्योगमा लगानी भित्राउन कठिन भएको भन्दै त्यसलाई न्यूनिकरण गर्नु अब आउने नयाँ नेतृत्वको चुनौति रहेको समेत बताएका थिए । महासंघको भवनमा तला थप गरी निर्माण गरिएको अत्याधुनिक तथा सुविधायुक्त अडिटोरियम संचालनले कार्यसञ्चालन सहज हुने महासंघले जनाएको छ ।