हिरोहरुसँग झगडा गर्नमा सायद रेखाले किर्तिमान कायम गर्ने विचार गरे जस्तो छ । आर्यन सिग्देल,निखिल उप्रेति र बिराज भट्टसँग सम्बन्ध बिगारेकी रेखाले यो लिस्टमा यश कुमार पनि थपेको देखियो ।

 

कुरा बुधबारका दिनको ‘आधी बाटो’को प्रेस शोको हो । फिल्म निर्माण टोलीले पत्रकार र आफू नजिकका फिल्मकर्मीलाई फिल्म देखाउन कुमारी हलमा फिल्म प्रदर्शनको चाँजो मिलाएको थियो । निम्तालुको रुपमा आएकी थिइन् रेखा थापा पनि । यशकुमार त फिल्मका कलाकार नै भईहाले ।

फिल्म हेर्न आएकी रेखाले फिल्म हेरिसकेपछि सबिन श्रेष्ठ र जेनिशा केसीलाई बधाई दिएपनि यश कुमार लाई देखेको नदेखै गरेपछि रेखा र यशको सम्बन्ध बिग्रिएको स्पष्ट भएको हो ।

rekha thapa11
कुनै समय रेखा र यशको गहिरो मित्रता थियो । ‘बाटो मुनिको फूल’मा जोडी बनेर अभिनय गरेका यश र रेखासाँस्कृतिक कार्यक्रमका सिलसिलामा थुप्रै चोटी विदेश पनि गएका थिए ।

 

त्यति मात्र होइन यश कुमार र रेखा मिलेर ‘काली’शीर्षकमा फिल्म बनाउने र त्यसलाई रेखा थापाले निर्देशन गर्ने सम्मका कुरा बाहिर आएका थिए । तर के कुरा नमिलेर हो रेखाले फिल्म त निर्देशन गरिनन् तर शीर्षक भने खुसुक्क दर्ता गरे आफैंले निर्माण गरिन् ।

 

आफूले प्रस्ताव गरेको शीर्षक रेखाले सोध्दै नसोधी दर्ता गरेको यशको गुनासो रहँदै आएको हो तर यशले यसलाई सञ्चारमाध्यममा ल्याउने प्रयत्न पनि गरेनन् । रेखा र यशको सम्बन्ध यही कारणले भत्किएको हो अरु पनि कुनै कारण छन् तर आजको घट्नाबाट रेखाको दुश्मनको लिस्टमा यशपनि रहेछन् भन्ने चाहिँ स्पष्ट भएको छ ।

त्यसो त बुधबारको कार्यक्रममा रेखाले पूर्वपति छवि ओझालाई समेत ‘इग्नोर’ गरेकी थिइन् । आमने सामने पर्ने डरले दुवै एकअर्कासँग तर्कि तर्कि हिंडेको दृश्य देख्न लायक थियो । तर रेखाले यसरी नै सबैसँग झगडा गर्दै जाने हो भने इन्डष्ट्रिमा को बाँकी रहलान् जोसँग रेखाको मित्रता जम्ला सबैकालागि उत्सुकताको विषय बन्न सक्छ ?