२ बैशाख, त्रिपोली (एजेन्सी) । लिबियाका लागि जोर्डनका राजदूतलाई मङ्गलबार लिबियामा अपहरण गरिएको समाचारमा जनाइएको छ ।

 

प्राप्त समाचार अनुसार जोर्डनका राजदूत फवाज आइतानलाई लिबियाको राजधानी त्रिपोलीनजिकै अपहरण गरिएको हो ।

 

सो कुराको पुष्टि गर्दै जोर्डनको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेको छ । उसले उक्त अपहरणको बारेमा अनुसन्धान सुरु भएको पनि जनाएको छ ।

Jorden map

जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता सबाह रफीले उक्त अपहरणको बारेमा खोजी सुरु भएको जानकारी दिनुभएको छ । यस अपहरणको जिम्मेवारी भने कसैले पनि लिएको छैन ।