२ बैशाख, काठमाडौ । काठमाडौको अत्रपूर्ण चोकमा बा.१ ज ९५९८ नम्बरको माइक्रोबसले बा.५२ प ५२७३ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब ७ बजे ठक्कर दिंदा मोटरसाइकल चालक नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुष गम्भीर घाइते भएकोमा उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

 

accident-bike-car

माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।