२७ बैशाख, काठमाडौं (एजेन्सी) सन् १८५७ सेप्टेम्बरमा ‘एसएस सेन्ट्रल अमेरिका’ नामक पानीजहाज पनामाबाट न्यूयोर्क आइरहेको थियो । दक्षिण क्यारोलिनदेखि २ सय ५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्ध्र महासागरमा डुब्यो ।

 

त्यसमा ५ सय ७८ यात्रु र १४ हजार किलो सुन थियो । ती मध्ये ४ सय २५ यात्रुको मृत्यु भयो त्यति धेरै सुन पनि समुन्द्रमै हरायो । त्यही सुनमध्ये १३ लाख अमेरिकी डलर बराबरको करिव साढे २८ किलो सुन केही दिनअघि निकालिएको छ ।

 

पचासी मिटर लामो पानीजहाज यति धेरै परिमाणमा बहुमुल्य धातुसहित डुबेपछि त्यसलाई ‘सुनको जहाज’ भन्न थालियो । त्यसमा लादिएका सुनका सिक्क र फग्ल्याटा समुन्द्रमा हराएपछि अमेरिकाको आर्थिक संकट सुरु भएको थियो ।

gold

जब कि न्यूयोर्कमा आर्थिक संकटको सामाना गरिरहेका बैंकहरुलाई सहयोग गर्न त्यति धेरै सुन ल्याइएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।