२७ वैशाख, काठमाडौं । कमिसन नपाएको भन्दै पशुपतिनाथ मन्दिरका भट्टहरुले एक महिनादेखि विशेष पूजा ठप्प पारेका छन् । यसबाट कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा छ भने दर्शनार्थी निरास छन् ।

 

पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति र भट्टबीच पूजा भेटीघाटीबारे विवाद भएपछि चैत्रदेखि विशेष पूजा बन्द जनाएको छ  ।

 

 

प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुदै आएको हो । त्यसवापत हरेक दर्शनार्थीले कम्तीमा ११ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि केहीले त २५ लाख रुपैयाँसम्म समेत खर्चेको पाइन्छ ।

 

यसबाट कोषमा वार्षिक १२ करोड रुपैयाँ संकलन हुन्छ । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । 

pashupatinath temple

कोषका अधिकांश सदस्यले नियमविपरीत दिइने तलब भत्ताको विरोध गरेका छन् । कोषले मूल भट्टलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्तालगायत सेवा सुविधा प्रदान गर्दै आएको छ ।