yarsa 2
२२ जेठ मुगु ।  मुगुको पूर्वी करान भेगको पाटन क्षेत्रमा यार्सा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यु भएको छ भने कयौं बिरामी परेका छन् । लेक लागेर पिना गाविसका गोम शाही लगायतको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार श्रीकोट १ का मानबहादुर बानिया, रोवा ७ शोभा गाउँका रमेश बुढा, जुम्ला तातोपानीका मिनबहादुर तिरुवा र जुम्लाकै छुमचौर ५ का मानबहादुर बोहोराको पनि मृत्यु भएको छ ।

 

 केही दिनयता उनीहरुको पालैपालो मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक चिसो र अक्सिजन कमीले उनिहरुको मृत्यु भएको र अन्य धेरै यार्सा संकलक विरामी भएको बताइएको छ ।

 

मुगुको उच्च हिमाली भेग कोइकी, छापाखालो, रिमार लगायत स्थानमा यार्सा टिप्न गएकाहरु धमाधम बिरामी भएपछि घर फर्किन थालेका छन् ।