२२ जेठ, महोत्तरी ।

महोत्तरीको भटौलियाको अजमरपट्टीबाट बिहीवार प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको विवेश टोलीले सुराकीको आधार भटौलिया– ९ स्थित अजमरपट्टी बस्ने विपती मण्डलको घरमा छापामारी ५५ किलोग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरले जनाएको छ ।

gaja baramad

प्रहरी टोलीलाई देख्ने बित्तिकै घरधनी मण्डल स–परिवार घर छाडी भागेका थिए । बरामद गरिएको लागु औषध गाँजा भारतमा तस्करी गर्नका लागि राखिएको र यसको मुल्य ३ लाख ७५ हजार रहेको प्रहरीले जनाएको छ ।यसअघि २ साता अघिमात्रै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले बिसपिट्टी ७ बाट १५ किलोग्राम र नैन्ही ७ बाट ४३ किलोगा्रम गरी ५८ किलोग्राम लागु औषध गाँजा बरामद गरेको थियो ।

पटक पटक महोत्तरी मै गाँजा पक्राउ पर्नु महोत्तरीकै सिमावर्ती क्षेत्रमा सँगठित रुपमै गाँजा तस्करी हुने गरेको प्रहरी स्रोतको दाबी रहेको छ । प्रहरी स्रोतका अनुसार महोत्तरीको भिठ्ठामोड बथनाहा सिस्वाकटैया रघुनाथपुर सम्सी नाकाबाट सँगठित रुपमा गाँजाको तस्करी हुने गरेको छ । मकवानपुर विरगन्जबाट ल्याइएका लागू औषध गाँजा महोत्तरी जिल्लामा विक्री हुने गरेको छ । गाँजा उत्पादन र तस्करीका लागि प्रमुख नाकाको रुपमा रहेका छन् ।