२४ जेठ, काठमाडौ ।

राष्ट्रपति डा रामवरण यादवले नया संविधान जारी गर्न आफूलाई हतार भएको बताएका छन् । जति सक्यो चाडै नया संविधान जारी गरेर नेपाली जनताले दिएको जिम्मेवारी पूरा गरेको जानकारी उनीहरुलाई सहर्ष रुपमा गराउन आफूलाई हतार भएको उनले बताए ।

president

अहिले पहिलो र महत्वपूर्ण प्राथमिकता नया संविधान रहेकोले निर्धारित समयमै संविधान जारी गर्न उनले दलहरुलाई आग्रह पनि गरेका छन् । ‘मुलुकको महत्वपूर्ण प्राथमिकता नयाा संविधान नै हो’– शनिवार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा डा यादवले भने, –‘मलाई भेट्न आउने जुनसुकै नेता राजनीतिज्ञलाई मैले भन्ने गरेको छु मुलुकलाई चाडै नै संविधान देऊ ।’

२००७ देखिको नेपाली जनताको प्रजातन्त्रप्रतिको सङ्घर्षलाई जीवन्त राख्न वर्तमान संविधानसभाले समयमै संविधान जारी गर्नुपर्नेमा राष्ट्रपतिको जोड छ ।