१५ असार, काठमाडौं ।

uml-flag
एमालेको आसन्न महाधिवेशनमा एमाले युवा नेता तथा सुरक्षाविद् डा.दिपकप्रकाश भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । भारतको नयादिल्लीस्थित जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारीधी गरेका भट्टले एमालेको नवौ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

२०४९ सालदेखी नै एमालेको संगठित सदस्य रहेका भट्ट ०५४ सालदेखी पार्टीको पुर्णकालिन भएर काम गर्दै आएका छन् । उनले यसपटकको महाधिवेशनमा माधव नेपाल समुहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।

 

एमालेभित्र बौद्धिक छवी भएका युवा नेता भट्टले नेपालको शान्ती प्रक्रियालाई निष्कर्शमा पुर्याउन पनि महत्वपुर्ण योगदान पुर्याएका छन् । उनले एमालेको तर्फबाट सेना समायोजन विशेष समितीमा सदस्यका रुपमा समेत काम गरीसकेका छन् ।

 

भट्टले एमालेको भातृ संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको रुपमा काम गर्नुको साथै एमालेको राष्ट्रिय प्रतिनीधी परिषद सदस्य र अंचल कमिटी सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका छन् । एमालेको १० औ महाधिवेशन यही असार १९ देखी काठमाण्डौमा हुदैछ ।