अमरेश कुमार सिंह समेत समाचार शीर्षकमा

१४ साउन, काठमाडौं ।

भारतीय मिडियाले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका विषयमा विभिन्न ढंगले टिप्पणी गर्न थालेका छन् । यसै क्रममा मोदीको स्वागतका लागि नेपालका प्रधानमन्त्री सुशील कोइरालाले मर्यादाक्रम नै तोड्न लागेको दावी भारतीय टेलिभिजन एबीपी न्यूजको अनलाइन संस्करण गरेको छ ।

१७ वर्षमा पहिलो पटक भारतीय प्रधानमन्त्री नेपाल आउन लागेको र उनलाई स्वागत गर्नका लागि मर्यादाक्रम तोडेर प्रधानमन्त्री नै उपस्थित हुने उक्त समाचार च्यानलको टिप्पणी छ ।

Modi Protocal indian media
प्रधानमन्त्री मोदीको स्वागतमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेपाली कांग्रेशका नेता अमरेश कुमार सिंह समेत विमानस्थलमा उपस्थित हुने उक्त समाचार च्यानलको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

अमरेश सिंहको नेपाली राजनीतिमा त्यति सार्वजनिक चर्चा नहुने भएपनि दक्षिणी छिमेकीसँग भने उनी विशेष निकट   मानिन्छन् । भारतले प्रभाव पार्ने हरेक विषय र वार्तामा अमरेश सँधै उपस्थित हुने पात्र हुन् । 

अन्य ब्यक्तिहरुको चर्चा नभएपनि अमरेश सिंहको चर्चा भारतीय सञ्चार माध्यममा समेत हुनुले उनको भारत निकटता आफै उजागर हुन्छ । 

नेपाल सरकारले मोदीलाई प्रदान गर्ने गार्ड अफ अनरलाई पनि उक्त समाचार च्यानलले विशेष महत्वका साथ प्रकाशित गरेको   छ । मोदीले अगष्ट ४ साउने सोमबारका दिन पशुपतिनाथको दर्शन गर्न जाने समाचारमा जनाइएको छ ।

 

यस अघि नेपालबाट प्रधानमन्त्रीकोरुपमा भारत जाँदा एमाओवादीका पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र एमालेका माधवकुमार नेपाल भारत जाँदा त्यहाँको विदेशमन्त्रालयस्तरका सचिवहरुले स्वागत गरेका थिए ।

समान्यतया विशेष आतिथ्य देखाउन मात्र राष्ट्र प्रमुख वा सरकार प्रमुख आफै विमानस्थलमा उपस्थित भएर स्वागत गर्ने चलन छ । ६२-६३ को जनआन्दोलन पछि भारत गएका तत्कालीन नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने विशेष आतिथ्य पाएका थिए ।

अहिले वर्षौं पछि भारतीय प्रधानमन्त्री नेपाल आउँदा मोदीले ऐतिहासिक आतिथ्य पाउँदैछन् । प्रधानमन्त्री सुशील कोइराला आफै उनलाई स्वागत गर्न विमानस्थल जाने तयारीमा रहेको बुझिएको छ ।

यस अघि सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र २००२ मा अटल विहारी बाजपाइ नेपाल आएका थिए । त्यसपछि कुनै पनि भारतीय प्रधानमन्त्री नेपाल आएका छैनन् ।

भारतीय मिडियाले यस अघि शुष्मा स्वराजको नेपाल भ्रमणको क्रममा पनि नेपाल जटिल मित्र राष्ट्र बन्दै गएको भन्दै चीन भन्दा नेपाल जटिल बन्दै गएको टिप्पणी गरेका थिए ।

 

यो पनि हेर्नुस् 

 

भारतीय मिडिया भन्छ-भारतलाई चीन भन्दा नेपाल भारी, चिनियाँ पक्ष हावी भएको चिन्ता