१९ साउन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुरेको आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । सोमबार पहिरो पन्छाउने क्रममा प्रहरीले थप १९ जनाको शव फेला पारेपछि मृत्यु हुनेको संख्या २५ पुगेको हो । यसअघि प्रहरीले शनिबार ९ जनाको शव फेला पारेको थियो भने आइतबार थप १ जनाको शव फेला पारेको थियो । गाउँलेहरुले हराएका आफन्तहरुको नाम टिपाएको आधारमा अझै १३५ जना भन्दा बढी हराएको आशंका गरिएको प्रहरीको भनाई छ ।

Bhotekoshi pahiro

यद्यपी झण्डै ५० घर पुरिएको आशंका गरेपनि यकिन तथ्यांक छैन । प्रहरी लगायतका उद्दारकर्ताहरुले पहिरोले पुरिएको ठाउँमा डोजन र स्काभेटर लगाएर पहिरो पन्छाइरहेका छन् । शनिबार विहान करिव ३ बजेतिर माख्ना र राम्चेको बिचबाट झरेकोे पहिरोले जुरेमा सुनकोशी नदी थुनिएकपछि गाउँ नै पुरिएको हो । पहिरोले थुनेको नदी ओभर फ्लो भएर बगेपछि ताल बनेको पानी केहि घटेको प्रहरीले जनाएको छ ।

कोशी ब्यारेजका ५६ ओटै ढोकाहरु खोलिए पछि आसपासका क्षेत्ररुमा केहि खतरा घटेको छ । यद्यपी पानी जमेकै अवस्था भएकाले उद्दार कार्यमा कठिनायी भएको प्रहरीले जनाएको छ ।