१९ साउन, काठमाडौं ।
नर्वेको ट्रोम्सो शहरमा जारी ४१ औं चेस ओलम्पियाडको दोस्रो चरणमा नेपालका चार खेलाडीले सफलता हात पारेका छन् । फिडे मास्टर मनिष हमाल, केशव श्रेष्ठ र रिजेन्द्र राजभण्डारी तथा महिलातर्फ सुरुचि थिङले जित दर्ता गरेका हुन् । पुरुषतर्फको खेलमा तीनै खेलाडीले ग्वामका खेलाडीलाई हराए ।

manish hamal

 

माथिको तस्वीर नेपालका पहिलो फिडे मास्टर मनिष हमालको हो ।

 अर्का नेपाली फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठले भने बराबरी खेले । दोस्रो चरणमा प्राप्त नतिजाले नेपालको ३ दशमलव ५ अंक भएको छ । नेपालले आज मंगोलियाका खेलाडीसँग खेल्नेछ । महिलातर्फ अस्मिता अधिकारी, बिना जैसवाल र संगीता जैसवाल पाराग्वेका खेलाडीसँग हारेका छन् । महिलातर्फको खेलमा नेपालले आज सेचेलेससँग खेल्दैछ ।