२३ साउन, काठमाडौँ ।
बैदेशिक रोजगार संघका अध्यक्ष हंसराज वाग्ले सहित ५ जनालार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई युइएइमा रहेका पाकिस्तानी नागरिकमाथि कुटपिटको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

पाकिस्तानी नागरिक गल्फ होराइजन म्यानपावरमा युएइमा लगिने कामदारको अन्तरवार्ता लिन आएका बेला सञ्चालकले विदेशीसँग भएकी महिलालाई अध्यक्षले जिस्क्याएपछि विाद भउको बताइएको छ । विवादमा अध्यक्ष वाग्लले पाकिस्तानी नागरिकलाई कुटपिट गरेको आरोप रहेको छ उनीसहित पक्राउ पर्नेमा रोजगार संघका तृतीय उपाध्यक्ष भुवन सिंह गुरुङ, महासचिव कमल तामाङ, सदस्य दुर्गा लिम्बु छन् । पक्राउ परेका मध्ये एक जनाको नाम नखुलेको बताइएको छ ।

उनिहरुलाई शुक्रबार बिहान साढे २ बजे सिजबलिङ बार डान्स रेष्टुरेन्टबाट पक्राउ गरी प्रहरीको दरवामार्ग स्थित बृत्तमा राखेर अनुसन्धान सुरु गरेको छ । दोषी पाइए सार्बजनिक मुद्दा लगाइने प्रहरीले जनाएको छ ।