२७ साउन, काठमाडौं ।

संविधानसभामा आफ्नो पार्टी राप्रपा नेपाल चौथो शक्ति बनेपछि हरेक पटक खरो अभिव्यक्ति दिदै आएका सो दलका अध्यक्ष कमल थापाले आज भने धारणा राख्ने क्रममा मर्यादालाई बिर्सेको भान भएको छ । स्थानीय निकायको निर्वाचन सम्वन्धि प्रस्ताव राख्ने क्रममा थापाले आफुहरुको बोल्ने अधिकार कटौती गरिएको भन्दै सभामुख सुभाष नेम्वांगप्रति आक्रोश पोखे । आफ्नो प्रस्तावको बिषयका समर्थक सभासद दिलनाथ गिरी र सुशील कुमार श्रेष्ठलाई बोल्न पर्याप्त समय नदिएको भन्दै थापा जंगिएका हुन् ।

thapa kamal
सदनमा बोल्न नदिनु निरंकुशता भएको भन्दै रोष प्रकट गरेका थिए । सो क्रममा थापा र सभामुखवीच जुहारी चलेको थियो । बोल्न समयको बिषयलाई लिएर उनीहरुले सदन अवरुद्ध गरेपछि सभासद्वीच चर्काचर्की भएको थियो । सोही कारण केहीबेर सदन अवरुद्ध पनि भयो । खासमा राप्रपा नेपालका सभासद्ले बोल्दाबोल्दै लाइन काटेको भन्दै उनीहरु विरोधमा उत्रेका थिए ।

राप्रपा नेपालका सभासद्को व्यवहार पछि अन्य दलका सभासद्ले आपत्ति जनाएपछि केहीबेर सदन प्रभावित हुन पुग्यो । घटना साम्य भएपछि सभामुखले प्रस्तावमाथि व्याख्या नगरी प्रस्ताव पेश गर्न थापालाई समय दिएका थिए । लगत्तै थापाले घटनाप्रति क्षमा याचना गर्दै प्रस्ताव पेश गरेका थिए । महत्वपूर्ण बिषय उठाउँदा उत्तेजित भएको भन्दै थापाले आफ्नो कदमको बचाउ गरे ।