बलिउडका किंङ्ग मानिएका शाहरुख खान आज भोलि फेरी एक नयाँ विवादमा तानिएका छन् ।

shah-rukh

यो विवादको कारण भने उनको घर बनेको छ । किनकि शाहरुख खानले आफ्नो घर बाहिर पार्क बनाएका छन् । सोही पार्कका कारण उनको क्षेत्रमा बस्ने मानिसहरु उनीसंग रिसाएका छन् ।  त्यो क्षेत्रका स्थानीयहरुले पार्कका कारण पैदल हिड्नलाई समस्यामा पारेको आरोप लगाएका छन् । यतिमात्र हैन मांउट मेरी चर्चसम्म जाने सिढी पनि बन्द भएको छ । 

SRKs house 12

त्यहाँका मानिसहरुले अघिल्लो सेप्टेम्बरमा त्यो समस्या समाधानका लागि रिर्पोट गरेपनि अहिलेसम्म कुनै कारवाही भएको छैन । सोही समस्यालाई लिएर यसपाली भने त्यहाँका मानिसहरु बीएमसी कमिश्नर र मुख्यमन्त्रीलाई भेटेका छन् ।

स्थानीयको दबाब पछि बीएमसी कारवाही गर्ने बताउदै पार्कको निरिक्षणका लागि चाडै इन्जिनियर पठाउने बताएको  छ ।