७ भदौ, मलेशिया
मलेशियाको जोहोर बारु राज्य अन्तर्गत रहेको जेसिवाई कम्पनीमा शुक्रबार एक नेपालीले ज्यान गुमाएपश्चात त्यहा कार्यरत नेपालीहरु आन्दोलित भएका छन । ताप्लेजुंग स्थाई घर भएका हर्क बहादुर निरौला रोजगारीको सिलसिलामा मलेसियामा रहेका थिए । काम गर्दा बिरामी परेपछी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

malasiya

आन्दोलित नेपाल कामदारहरुले बिरामी परेका निरौलालाई दिनभरी काम लगाएर कम्पनीले अस्पताल समेत नलागेको र हेलचेक्राईको कारण उनको मृत्यु भउको आरोप लगाएका छन् । शुक्रबार भएको घटनामा जेसिवाई कम्पनीप्रति आपत्ति जनाउदै कम्पनीमा बिमारी परेका नेपाली हर्कबहादुरलाई राम्रो उपचार नगरेर मारेको भन्दै कम्पनीमा कार्यरत नेपालीहरुले कम्पनीको कामकाज ठप्प पारेका छन् ।

उनीहरुले कामदार बिमारी हुँदा उपचार राम्रोसंग हुनुपर्ने माग राखेका छन् । सो कम्पनीमा आठ हजार भन्दा धेरै नेपाली कार्यरत रहेका छन ।