७ भदौ, काठमाडौं ।
बर्षौदेखि रिक्त भारतस्थित नेपाली राजदूत आफू अनुकूल व्यक्तिलाई बनाउन सत्तारुढ नेपाली कंग्रेस र एमालेवीच होडबाजी चर्किएको छ । विभिन्न १६ देश र कुटनीतिक निकायमा हुन नसकेको राजदूत नियुक्तिमा दुई दलवीच देखिएको प्रतिस्पर्धाको प्रभाव परेको बताइएको छ । खास गरी भारतमा राजदूत बनाउन कंग्रेस र एमाले दुवैले अडान छाडेका छैनन् ।

कंग्रेसले आफ्ना नेता दीपकुमार उपाध्यायलाई भारतमा राजदुत बनाउन खोजेको छ भने एमालेले पूर्वमन्त्री माधव घिमिरेलाई राजदुतका लागि लविङ गरेको छ । उपाध्याय प्रधानमन्त्री सुशील कोइरालाका विश्वासिला पात्र हुन् । एमालेसँगको गठबन्धन बनाउन पनि उपाध्याय सक्रिय भएका थिए । घिमिरे भने पहिलो मुख्य सचिवबाट रिटायर्ड भएपनि खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा गृहमन्त्री थिए ।

congress and uml
उपाध्याय र घिमिरेमध्ये एकलाई राजदूत बनाउने बिषयमा देखिएको विवादका कारण राजदूत नियुक्तिमा ढिलाई भइरहेको स्रोतको भनाइ छ । त्यस्तै, एमालेले गायिका अञ्जान शाक्यलाई पनि राजदूत बनाउन लविङ तीव्र पारेको छ । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक क्षेत्रबाट शाक्यसलाई राजदूत बनाउनुपर्ने अडान राखेका छन् ।

 

बर्षौदेखि हुन नसकेको राजदूत नियुक्तिमा दलहरुले भागबण्डा मिलाउन नसक्दा प्रक्रिया लम्बिएको हो । यसैवीच, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले छिट्टै राजदूत नियुक्ति हुने अभिव्यक्ति हिजो मात्र भक्तपुरमा आयोजित कार्यक्रममा दिएका छन् ।