७ भदौ, काठमाडौं ।
कहलिएका डन धादिङका दिनेश अधिकारी चरीले संसारबाट विदा लिएको १८ दिनपछि अन्तिम संस्कार गरिएको छ । हिन्दू परम्परा अनुसार हरेक व्यक्तिको निधन भएको तेह्रौ दिनसम्म क्राजकिरिया हुन्छ अनि हरेक महिना मासिक र बार्षिकी गरेर शोकलाई बिस्तारै भूल्ने गरिन्छ । तर चरीको हकमा त्यो भएन, दुई हप्ताभन्दा बढी उनको पार्थिव शरीर अस्पताल रह्यो र १८ औं दिनमा काठमाडौंमा शव यात्रा गरेर नै उनलाई बिदाइ गरियो ।

chari last
राजनीतिक संरक्षणमा चर्चित डनको परिचय पाएका चरीको अन्त्येष्टीमा मुलुकको सबैभन्दा ठूलो कम्युनिष्टको पार्टी एमालेको झण्डा ओढाइयो ।

पार्टीको झण्डा ओढाउन एमालेका जिल्लास्तरिय नेता पशुपति आर्यघाट पुगेका थिए, उनका शुभेच्छुक र समर्थकको पनि ठूलै लाइन थियो । गत साउन २१ गते प्रहरी कारवाहीमा मारिएका चरीका परिवार र आफन्तले त्यसलाई पत्याएका छैनन्, प्रहरीले हत्या गरेको उनीहरुको दावी अद्यापी कायम छ ।

chari pasupati
धादिङका पार्टी जिल्ला कमिटीका पूर्व उपाध्यक्ष रहेका चरी बैकुण्ठबासतिर लाग्दा एमालेमाथि अपराधिक पृष्ठभूमिका व्यक्तिलाई राजनीतिक संरक्षण दिएको आरोप लागिनै रहनेछ, त्यसमाथि पार्टीको झण्डा ओढाउँदा आलोचना गर्नेहरुलाई ठाउँ दिएको छ । हेरौं, एमालेले त्यसको प्रतिवाद गर्ला वा घटना सेलाउँदै जाला ?

चरीको जालो केलाउँदै प्रहरी

गृहमन्त्रीले भने-चरीको हत्याबारे छानविन हुन्छ

Chari antesti pashupati 1

चरी मारिएको घटनापछि एकाएक चर्चामा आएकी पात्र मोडल खुश्वु वली दाहसंस्कारका बेला पशुपति नपुग्ने कुरै थिएन । चरीको पार्थिव शरीरमा अन्तिम संस्कारको विधि चलिरहँदा उनी आर्यघाटमाथिको सतल छेउ उभिएर रोइरहिन्, अर्थात् उनको मन शान्त हुन सकेको थिएन ।

यो पनि पढ्नुस

चरी मारिएको विरोधमा युवा संघद्वारा धादिङबेसी बन्द

Chari antesti pashupati 2

 

समयको कुनै कालखण्डमा चरीसँग प्रेमिकाको सम्वन्ध गाँस्न पुगेकी खुश्वुले अब समाजका अगाडी उनी स्वयंम्ले उठाएको मुद्धाको सम्वोधन गर्नुपर्नेछ । चरीको हत्या भएको दावी गर्दै कानूनी लडाई लड्ने उद्घोष गरेकी खुश्वुले अब त्यो पहल जारी राख्नेछिन् वा संसारिक जीवन त्यागेर कतै विलिन हुन पुगेको चरीको आत्मालाई बिर्सेर सामान्य जीवनका लागि यत्न गर्नेछिन् ।

Chari antesti pashupati 3