२३ साउन, धादिङ :

 

नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष दिनेश अधिकारी चरी मारिएको विषयलाई लिएर यूवा संघ धादिङले आज धादिङबेसी बजार बन्द गराएका छन् । बन्दका कारण धादिङबेसी आसपार र धादिङ मलेखु सडकखण्डमा सवारी गुड्न  सकेको छैन ।

 

चरिलाई सुनियोजित रुपमा नक्कली मुठभेड खडा गरेर हत्या गरेको आरोप लगाउदै यूवा संघले बन्द आह्वान गरेको हो । दिनेश अधिकारीको हत्याको निष्पक्ष छानविनका लागि सम्बन्धीत पक्षसँग जोडदार माग गरेको छ ।

 

RS-KTM-Teaching Hospitalसीतापाइला–भीमढुङ्गा क्षेत्रमा हिजो अपरान्ह प्रहरीसँगको भिडन्तमा मारिएका दिनेश अधिकारी ‘चरी’ का समर्थकहरु घटनाको सत्यतथ्य छानविन गरी कारबाहीको माग गर्दै टिचिङ अस्पताल महारागञ्जमा भेला भएका भीड ।

घटनाको न्यायीक छानविनको माग गर्दै आज पहिलो चरणमा दिउसो १२ बजेसम्म धादिङबेसी बन्द गराइएको र आफ्नो मागप्रति चासो नदेखाए थप संघर्षमा उत्रने यूवा संघ नेपाल धादिङका सहसचिव भरत ढुंगानाले जानकारी दिए ।