govt-uniform

८ भदौं, काठमाडौं ।

परराष्ट्र मन्त्रालयअन्तर्गत ८ नेपाली दूतावासका पदाधिकारीले कानुनविपरीत करिब २ करोड रुपैयाँ पारिवारिक भत्ता लिएका  छन् ।

आव २०६९/ ७० मा उनीहरुले साथमा परिवार नलगे पनि १ करोड ८१ लाख २० हजार ५ सय ७४ रुपैयाँ पारिवारिक भत्ता बुझेका छन् ।

०५१ जेठ २३ को मन्त्रिपरिषद् निर्णयले दूतावासमा खटिएका पादधिकारीले साथमा परिवार लगेमात्र पारिवारिक भत्ता दिने व्यवस्था पारित गरेको थियो ।

 

त्यसविपरीत उनीहरुले परिवारबेगर नै पटके मन्त्री तथा सचिवस्तरीय भत्ता लिएको महालेखापरीक्षक कार्यालयको ५१ औं वार्षिक प्रतिवेदन ०७० ले औंल्याएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।