१७ भदौ, पोखरा
कास्कीको पोखरामा एक महिलाले आफ्नै श्रीमानमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

khukuri

पोखरा उपमहानगरपालिकाको वडा नं ५ मा रहेको घरमा सोमबार बिहान घरयसी विवादका कारण सुतिरहेका ३६ वर्षीय श्रीमान् दीपक नेपालीलाई श्रीमती माया नेपालीले खुकुरी प्रहार गरी घाइते पारेको प्रहरीले जनाएको छ । दिपकको शरीरको तीन ठाउँमा गरिएको खुकुरी प्रहारबाट दीपक सख्त घाइते भएका छन् ।

तत्काल उपचारका लागि उनलाई पृथ्वीचोकस्थित गण्डकी मेडिकल अस्पतालमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पतालमा उपचार भेरहेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।