काठमाडौं ।

नेपाली सिने क्षेत्रका चर्चित कलाकार सुनिल थापालाई स्वास्थ्य समस्या देखिएको छ । कलाकार थापालाई भाइरल इन्फेक्सन भएपछि झाडापखालाको समस्या देखिएको बताइएको छ ।

sunil-thapa

कलाकार थापालाई ललितपुरको अल्का अस्पतालमा भर्ना गरिएको छ । थापालाई एन्टीवायोटिक दिएर बिशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । स्वास्थ्य स्थिति सामान्य अवस्थामा आए भोलीसम्ममा थापालाई डिष्चार्ज गरिने अस्पतालले जनाएको छ ।

राते काइँलाको नामले समेत चिनिने थापा पछिल्लो पटक हिन्दी चलचित्र ‘मेरी कोम’मा बक्सर कोचको भूमिका निर्वाह गरेर चर्चामा आएका थिए ।

priyanka-sunil