३१ भदौ, काठमाडौ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थ बीचबाटोबाटै चोरी गर्ने कार्यमा संलग्न भएको अभियोगमा आयल निगमको क्षेत्रिय कार्यालयका तत्कालिन उपनिर्देशक सहित ९७ जनाबिरुद्ध बिशेष अदालत काठमाडौमा आज मुद्धा दायर गरेको छ ।

भारतको वेतालपुरबाट रुपन्देहीको भलवारीमा रहेको निगमको डिपोमा पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा बीचबाटोबाटै चेरी कार्यमा संलग्न भएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो । मुद्धा दायर गरिएकामा ८ जना निगमका कर्मचारी, ४ जना पेट्रोलियम व्यवसायी, ६६ जना ट्यांकर धनी र १९ जना ट्यांङकर चालक रहेका छन ।

 

oil thept

 

अख्तियारले उनीहरु विरुद्ध ७ करोड ७७ लाख ८४ हजार बिगो कायम गरी हदैसम्मको सजाय माग दावी गरेको छ । मुद्धा दायर गरिएकामा डिपोका उप–निर्देशक नागेन्द्र कुमार कुर्मी, प्रबन्धक दिपेन्द्र बस्नेत सहित ३ जना सहायक प्रबन्धक र २ उपप्रबन्धक छन । यस्तै मुद्धा दायर गरिएका व्यबशायीमा शंकर भट्टराई, सुरेश प्रसाद उमर, राजु न्यौपाने, र लोकप्रसाद भुषाल छन ।

Oil theft name list

ट्याङकर धनीमा हरि वहादुर कुवर, राकेश कसौधन, पशुपति कशौधन, प्रिया गुरुङ, पप्पु कशौधन, चोप नारायण श्रेष्ठ, बालकृष्ण गैरे, प्रेमराज गैरे, पशुपति भारी लगायत छन । मुद्धा दायर गरिएकामध्ये अधिकांश रुपन्देहीका छन । अख्तियारले डिपोका कर्मचारी, सम्बद्ध व्यवसायी र ट्याङकर धनीको मिलेमतोमा भारतबाट पेट्रोलियम पदार्थ ढुवानीको क्रममा कम परिमाण्ँ देखाई राजस्व हिनामिना गर्ने, बाटैमा पेट्रोलियम पदार्थ झिक्ने, निर्धारित परिमाण भन्दा बढि तेल आयात गर्ने लगायतको काम गरी राजस्व ठगी गरेको पाईएको जनाएको छ ।  जसमा पेट्रोलियम पदार्थको राजस्व नतिरेको १ करोड ९ लाख ३६ हजार, पेट्रोलियम पदार्थ झिकेको ६ करोड १७ लाख र कर्मचारीले घुस लिएको ५१ लाख ४५ हजार गरी झण्डै ८ करोडको विगो कायम गरिएको आयोगले जनाएको छ ।

 

गत बैशाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रुपमा छापा हानी तेल चोरिरहेको अबस्थामा करिब ३ दर्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको आदेशमा धरौटीमा रिहा भएका छन ।